परिवार सहित नेपाल आए बलिउड अभिनेता विवेक ओबरोय

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

बलिउडका चर्चित अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । उनी बुधबार साँझ ६ बजे परिवारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

बिमानस्थलमा अवतरण गरेँसगै ओबरोयले आफू पहिलो पटक नेपाल आएको र आफ्नो बुबा आमा भने पहिलो नेपाल आइसकेको जानकारी दिए । उनले नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले अहिले नेपालका बिभिन्न ठाउँमा घुम्ने तरिकाले आफू परिवारसँगै आएको बताएका छन् ।  उनले आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्बिनी घुमाउने अठोटले नेपाल आएको बताएका छन् ।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ४६ बर्षिय ओबरोय नेपालमा बसुन्जेल सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको ठाउँहरू भ्रमण गर्नेछन् । उनले कतिदिन नेपालमा रहनुहुनेछ भन्ने प्रश्नमा भने उक्त कुरा गोप्य राख्न चाहे । उनी दुई बच्चा र श्रीमती सहित नेपाल आएका हुन् ।