‘जय हो’ निर्माण हुने, निर्देशकमा टेक पौरखी

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

नयाँ चलचित्र ‘जय हो’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण टिमले मुख्य कलाकार र निर्देशक फाइनल गरेको छ । सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राई बीच लिखित सम्झौता गरियो ।  सलोन बस्नेत स्टारर चलचित्रलाई अब टेक पौरखी राईले निर्देशन गर्नेछन् ।

निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्ररतस्विरहरु विश्वव्यापी रुपमा बिक्रि हुने गरेका छन् ।  माघ अन्तिम सातादेखि छायांकनमा जाने चलचित्रलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

एक्सन लभस्टोरी सिनेमामा सागर आले मगरले संगीत भर्नेछन् । सागर ुनेपाल आइडल 'सिजन १'का थर्ड रनरअप हुन् ।

'जय हो'मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन ।