चलचित्र ‘नम्बरीको सुन’मा गौरब पहारी अनुबन्धित

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">निर्माण हुन लागेको नयाँ चलचित्र ‘नम्बरीको सुन’मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । राजु गिरीको निर्देशनमा निर्माण हुने यो चलचित्रमा गौरब र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">माघ २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायंकन गरिनेछ ।</p><p style="text-align: justify; ">चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।</p>