आगामी फागुन १२ देखी धादिङमा हुँदै दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले सदरमुकाम धादिङबेशीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार बैठकले महाधिवेशनको मिति तोक्नुका साथै अन्य केही महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

साथै नव निर्वाचित जिल्ला, समन्वय, विदेश प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम माघ ६ र ७ सात गते चितवनको सौराहामा हुने निर्णय भएको छ । यस्तै प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक ५ हजार रुपैया संस्थागत सेवा भत्ता आजिवन प्रदान गरिने निर्णय भएको अध्यक्ष बिजीले आर्टिष्ट खबरलाई जानकारी दिए ।