आज द भ्वाइस अफ नेपाल सिजन ४ को ग्राण्ड फिनाले, योगेश र करणको चर्चा

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

फ्रेन्चाइजको रुपमा नेपालमा भित्रिएको विश्वकै चर्चित गायन रियालिटी शो द भ्वाइस नेपालमा पनि उत्तिकै चर्चामा रहन्छ । नेपालमा ‘द भ्वाइस अफ नेपाल चौथो सिजन सम्म पुगिसकेको छ । यसैक्रममा  आज (शुक्रबार) द भ्वाइस अफ नेपाल सिजन ४ को ग्राण्ड फिनाले हुँदैछ । आज बेलुका हुने अन्तिम प्रतिस्पर्धामा चार ट्यालेन्ट रहेका छन् ।

अन्तिम चारमा पुगेका कोच प्रमोद खरेलको टिमबाट योगेश मगर, कोच  राजेशपायल राईको टिमबाट सविना योङहाङ लिम्बु, कोच राजु लामाको टिमबाट करण राई र कोच प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बूमध्ये एक जना बिजेता हुनेछन् ।

दर्शकको गरेको भोटको आधारमा आज एकजना विजेता छानिनेछन् । यसपटकको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १ सय २० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

आर्टिष्ट खबरका दर्शक भन्छन्- योगेश मगर बिजेता

आर्टिष्ट खबरको अफिसियल युट्युवको कम्प्युनिटिमा पाँच दिन अघिदेखी तपाईको बिचारमा द भ्वाइस अफ नेपाल सिजन ४ को बिजेता को बन्छ होला ? भन्ने प्रश्न गरेका थियौं । साथै उक्त प्रश्नमा चारै ट्यालेन्टको तस्बिर र नाम मा भोट खुल्ला गरिएको थियो । जसमा अधिकांश दर्शकले योगेश मगरलाई भोट दिएका छन् । योगेश मगरले ५५ प्रतिशत मत पाएका छन् भने करण राईले २७ प्रतिशत, सविना योङहाङ लिम्बुले १४ प्रतिशत र शाहिल लिम्बुले जम्मा ४ प्रतिशत मत पाएका छन् ।

साथै दुईसय ८० जनाले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । यो भोटको आधारमा मिल्न गएमा कोच प्रमोद खरेलको टिमका योगेश मगरको जित हुनेछ । तर यो भोट आर्टिष्ट खबरलाई सब्क्राइभ गर्नुभएका ६ हजार ७ सयले गरेको मत मात्र हो । त्यसैले यो एक अनुमान मात्र हो । द भ्वाइस अफ नेपाल सिजन ४ कसले जित्नेछन् । त्यसका लागी भने हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको अफिसियल युट्युव च्यानलबाट राती ९ बजे अन्तिम परिणाम आउनेनै छ ।

योगेश र करणको अत्यधिक चर्चा

आर्टिष्ट खबरका दर्शकले योगेश मगरको जित हुन्छ भनेका छन् तर कोच राजु लामाको टिमका करण राईको चर्चा पनि उत्तिकै छ । बिभिन्न सामाजिक सञ्जालका पोष्टमा आउने प्रतिक्रिया हेर्ने हो भने करण राई पनि बिजेता हुने अनुमान गर्न सकिन्छ । तर दर्शकले भोटको आधारमा बिजेता छानिने भएकाले अहिले नै यसैभन्न सकिने अवस्था भने छ्रैन । उत्कृष्ट ८ मा पुगेका आशिष महर र रेहान गिरीको चर्चा पनि निकै थियो । तर यी दुबै उत्कृष्ट चारमा पर्न सकेनन् ।

आर्टिष्ट खबरका दर्शकले दिएको प्रतिक्रिया हेर्ने हो भने योगेश र करण बिजेता बन्न सक्ने अनुमान गरेका छन् । हामीले उत्कृष्ट ८ मा पुग्दा नै अहिले उत्कृष्ट ४ मा पुगेका ट्यालेन्टहरुलाई तपाईको जित होला त भन्ने प्रश्न गरेका थियौं ।

जुन अन्तर्वार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

योगेश: Click Here

करण: Click Here

सबिना: Click Here

शाहिल: Click Here

साथै द भ्वाइस अफ नेपालका  निर्देशक लक्ष्मण पौड्याललाई हामीले केहिदिन अघि प्रश्न गरेका थियौ, आखिर को बन्छ त यसपटकको भ्वाइसको बिजेता ? पौड्यालले सबै जिम्मा दर्शकलाई दिएको बताएका थिए । आफूलाई पनि अन्तिम समयमा मात्र बिजेता थाहा हुने भएकाले कसले जित्छ भन्ने अनुमान गर्न सक्ने बताएका थिए ।

भिडियो कुराकानीः Click Here