‘दोहोरी आइडल’ को डिजिटल अडिसन खुल्ला

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम दित्तिए तृतिए,चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् । डिजिटल अडिसनको आवेदन पौष १३ देखि २९ गते सम्म दिन सकिने छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए। दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाए ।