‘जय हो’को छायांकन पोखरा र मुस्ताङमा गरिने

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

नयाँ निर्माण हुन लागेको चलचित्र जय हो को छायांकनस्थल छनौट गरिएको छ । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको हो ।

चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् ।

चलचित्रको मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिनेछ । संसारलाई नेपालको सुन्दरता देखाउनका लागि सिनेमाको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको प्रस्तुतकर्ता बस्नेतले बताएका छन् ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । आगामी माघ अन्तिम सातादेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । चलचित्रमा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् ।