दयाहाङ र मिरुनाको अभिनयमा ‘नाङ्गो गाउँ’ चलचित्र बन्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र&nbsp; ‘नाङ्गो गाउँ’ निर्माण हुने भएको छ । चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने र चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । निर्देशक लामाले शुक्रबार सामाजिक सञ्जालमार्फत यो जानकारी गराएका हुन् । उनले सामाजिक, राजनीतिक कथावस्तुमा चलचित्र बन्न लागेको जानकारी दिएका छन् । चलचित्रमा पटकथा लेखन पनि लामाकै रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको हो । अन्य कलाकार तय भइसकेको छैन । चलचित्रमा दर्शकले हास्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउने लामाले बताएका छन् । पटकथा लेखन अन्तिम चरणमा पुगेको र पहाडी गाउँमा चलचित्र छायांकन हुने उनले जानकारी दिए ।</p>