ज्योती मगर र योगेशको स्वरमा ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’

...
आर्टिष्ट खबर/ पुस, काठमाडौँ । 

गायिका ज्योती मगर र योगेश काजी शाहको स्वरमा नयाँ गीत ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ सार्वजनिक गरिएको छ । ज्योती मगरको आफ्नो अफसियल युटयुव च्यानलमार्फत सार्वजनिक यस गीतमा ज्योतीकै शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज भने योगेशले गसेका छन् । 

गीतको भिडियोमा गायिका ज्योती आफै फिचर्ड छिन् । यस्तै भिडियोमा जुम्ल्याहा कलाकार अमर दाहाल र अमृत दाहालको अभिनय रहेको छ । भिडियो क्रान्ति केसीले निर्देशन गरेका ह्न् । अजय रेग्मीको टिमले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । 

गीतमा भट्टी साहुनीको रुपमा ज्योतीलाई देखाइएको छ । भट्टीमा ग्राहक बनेर आएका अमर, अमृतसँग सवाल जवाफ गरेको देखाइएको छ ।