नयाँ वषर्मा दयाहाङ र मिरुनाको जारी हेर्न पाइने

...

आर्टिष्ट खबर, माघ, काठमाडौं । 

नेपाली चलचित्रका लोकप्रिय कलाकार दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिकामा रहेको चलचित्र ‘जारी’ प्रर्दशनमा आउने भएको छ । उक्त चलचित्र निर्माण टिमले गत सोमबार एक पोष्टर सार्वजनीक गर्दै चलचित्रको प्रदर्शन मिती तय गरेको हो । चलचित्रको पोष्टरमा दयाहाङ राई र मिरुना मगर श्रीमानश्रीमतीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । 

‘जारी’ प्रथालाई लिएर निर्माण भएको चलचित्रमा दयाहाङ, मिरुना सहित विजय बराल, रोयदीप श्रेष्ठ, प्रेम सुब्बा, रेखा लिम्बू, कमलमणि नेपाल र पुष्कर गुरुङ लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ । उक्त चलचित्र बैशाख १ गते नयाँवर्षको दिन प्रर्दशनमा आउने निर्माण पक्षले बताएको छ ।  

कबड्डी सिरिजका निर्माता रामबाबु गुरुङबाट निर्माण गरिएको चलचित्र ‘जारी’ लाई लेखन तथा निर्देशन उपेन्द« सुब्बाले गरेका हुन । साथै चलचित्रमा छायांकन शैलेन्द« कार्कीको रहेको छ । 

चलचित्र निर्माण टिमले पोष्टर सार्वजनीक गरेपछि यतिवेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नबनोस नै कसरी, कबड्डी ४ चलचित्रमा मुख्य भूमिकाको रुपमा पनि दयाहाङ र मिरुना नै रहेका थिए ।  ‘कबड्डी ४’ चलचित्रमा उनीहरुको अभिनयलाई दर्शकहरुले उत्कृष्ट जोडिको रुपमा मन पराउनुका साथै धेरै प्रशंसा समेत गरेका थिए । त्यसकारण यी यावत विगतका चर्चाहरुले गर्दा पनि ‘जारी’ चलचित्र हेर्नेका लागि दर्शकहरु निकै उत्साहित भएका छन् ।