अवार्ड समारोहमा पुगेका केपि वलीले जब बजाए ढिमे बाजा

...

आर्टिष्ट खबर, माघ, काठमाडौँ । 
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिवार सम्पन्न ‘चौँथो एपिक नेपाल म्युजिक अवार्ड २०७९‘ समारोहमा नेवारी समुदायको लोकप्रिय बाजा ढिमे बाजा बजाएका छन् । उनी १ सय ३८ ढिमे बाजा बजाएको समयमा सरिक भएका थिए । ढिमे बजाइसकेपछि उनले ‘पल्लो पोखरीमा माटाका भाँडाहरु बनाउँन सिके ओल्लो पोखरीमा ढिमे बजाउन सिकेँ’ भनेका थिए । गायक दीपक बज्राचार्यले १३८ ढिमे बाजा सहितको आफ्नो प्रस्तुती दिएका थिए । सोहि समयमा वलीले पनि केहि समय ढिमे बजाएका हुन् ।  

सूर्यविनायक नगरपालिका र मध्य ठिमि नगरपालिका वडा नं ४ को सहकार्यमा सम्पन्न अर्वाड तथा सम्मान कार्यक्रममा अध्यक्ष ओलीको हातबाट महानायक राजेश हमाललाई १ लाख १ हजार १ सय ११ नगद सहितको सम्मान प्रदान गरेका थिए । कार्यक्रम्मा नेवार समुदायको भेषभुषाले ढकमक्क देखिन्थ्यो यसै बिचमा महानायक राजेश हमालले पनि नेवार समुदायकै भेषभुषा लगाएर स्टेजमा प्रस्तुत हुदै गर्दा कार्यक्रमको माहोल निकै तातिएको देख्न सकिन्छ । 

oli with rajesh hamal.jpg

सयौँको उपस्थित रहेको कार्यक्रम्मा अध्यक्ष केपी शर्मा ओली, ओलीकी श्रीमती राधिका शाक्य,  महानायक राजेश हमाल, हमालकी श्रीमती मधु भट्टाई, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्री बसुन्धारा भुसाल र गौरी मल्ल लगाएतका थुप्रै विशिष्ट व्यक्तित तथा कलाकारहरुको उपस्थित रहेको थियो । 

अध्यक्ष ओलीले अन्य कलाकारहरुलाई सम्मान गर्नुका साथै यस्तै प्रकारको ऐतिहासीक मौलिकता भएको कार्यक्रम अन्य समुदायले राख्ने सम्भावना कम रहेको बताएका छन् । करिब १ घण्टाको बसाईमा अध्यक्ष ओलीले ‘धिमे’ बाजा समेत बजाएका हुन् ।