आर्टिष्ट खबर, माघ, काठमाडौं ।
गएको शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा गायिका पूर्णिमा लामालाई एपिक संगीत रत्न सम्मान प्रदान गरिएको छ । लामालाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हाटबाट उक्त सम्मान प्रदान गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।
एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिएकी छन्।
पछिल्लो समय व्यस्त रहेकी उनी देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ । उनी हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन्।
उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड ९२०७३ सर्वोत्कृष्ठ नवगायिका०, पहिलो नेपाल म्युजिक अवार्ड ९२०७५ सर्वोत्कृष्ठ नवगायिका०, ११औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ ९सर्वोत्कृष्ठ गायिका सुगम संगीत०, नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ ९सर्वोत्कृष्ठ गायिका सुगम संगीत० लगायत दर्जनौँ अवार्डहरु हात पारिसकेकी छन्।