चौथो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न (अवार्ड र सम्मान पाउनेको पुर्ण नामावली)

...

आर्टिष्ट खबर/ माघ, काठमाडौँ ।

सूर्यबिनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका वडा नं ४ को सहकार्यमा चौथो एपिक नेपाल म्युजिक अवार्ड – २०७९ सम्पन्न भएको छ । अवार्ड समारोहमा ३९ बिधामा अवार्ड प्रदान गरियो । साथै केहि ब्यक्तिहरुलाई सम्मान प्रदान गरियो । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित दुई पोखरीमा सम्पन्न अवार्ड समारोहमा अभिनेता राजेश हमाललाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘महानायक’ सम्मान प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि ओलीले हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ सहित उक्त सम्मान प्रदान गरेका हुन् ।

epic music award 1.jpg

यस्तै बरिस्ठ चलचित्र पत्रकार प्रकाश सुवेदी लाई नगद रु २५ हजार सहित चलचित्र पत्रकार सम्मान प्रदान गरे । साथै युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई नगद रु. १० हजार राशि सहित युवा पत्रकार सम्मान प्रदान गरियो । समय समयमा विवादमा आउने गरेको ‘महानायक’ पदवीको सम्मान लिन नेवाः साँस्कृतिक भेषभुषामा सजिएर पत्नी मधु भट्टराईका साथ हमाल कार्यक्रममा पुगेका थिए । कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल लगायतको उपस्थिति थियो ।

उक्त अवसरमा गायिका तीर्थकुमारी थापा लाई बरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई बरिष्ठ कलाकार सम्मान, समाजसेवि कृष्ण बहादुर होनालाई समाजसेवी सम्मान, नेवा सम्मान हास्यकलाकार सबिन शाख्य लाइ प्रदान गरिएको थियो । ब्युटि प्रीजेन्ट कोरिग्राफर सम्मान अश्विणी कान्त झा साथै एपिक रत्न सम्मान नगद ३३ हजार ३ सय ३३ सहित गायिका पुर्णिामा लामालाई प्रदान गरियो भने अन्यलाई ओलीको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो । 

epic music award 2.jpg

नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका तथा  प्राविधिकहरुलाई दिइने यस अवार्ड कार्यक्रममा कुल ३९ बिधा सहित जुरि अवार्ड, पपुलर अवार्ड , पब्लिक च्वाइस अवार्ड , बहुप्रतिभा अवार्ड,बर्ष कै उत्कृष्ट अवार्ड र दुइ जना लाइ प्रोत्साहन अवार्ड र अवार्ड गरि ४९ जना लाइ विभिन्न विधामा अवार्ड सहित बिभिन्न सम्मान प्रदान गरिएको छ । 

उक्त अवार्ड एपिक नेपाल म्युजिक प्रा.लि.ले आयोजना गरेको अवार्डका कार्यक्रम संयोजक राजेन्द्र पुरीले बताए । कार्यक्रममा विभिन्न बिधाका ३ जना जुरी म्युजिक भिडियो निर्देशक बिधान कार्कि लोक प्रिय गायिका जुनु रिजाल साथै गायक तथा सगीतकार सजिब सिह राना सहित को जुरी रहेको कार्यक्रममा स्वागत मन्तब्य पुर्ब नगर प्रमुख मदन सुन्दर श्रेष्ठले दिएका थिए । अवार्ड कार्यक्रममा अभिनेता हमाललाई ‘महानायक’ पदवीसहितको सम्मान प्रदान गर्ने अवसर मिलेकोमा खुशी रहेको अवार्डकी महासचिव बबिता श्रेष्ठले बताईन् ।

epic music award 3.jpg

उनले नेपाली कला क्षेत्रमा बिशिष्टहरुले दिएको योगदानको आधारमा हरेक बर्ष हुने अवार्डमा नगदसहितको सम्मान प्रदान गरिने कम्पनीको नीति रहेको बताईन् । कार्यक्रममा निवर्तमान नगर प्रमुख – मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अवार्ड पाउने सम्पुर्ण कलाकर्मिलाई बधाई दिए । 

सम्मानित व्यक्तित्वहरुको नामावली यसप्रकार रहेको छ ।

१.राजेश हमाल – महानायक सम्मान , नगद पुरस्कार रु १,०१,१११
२.चन्द्र शर्मा – राष्ट्रिय लोकदोहोरी रजत युवा प्रतिभा सम्मान , नगद पुरस्कार रु ५१,१५१
३.प्रकाश सुवेदी – चलचित्र पत्रकारिता सम्मान , नगद पुरस्कार रु २५, ०००
४.रत्न बेहोसी – बरिष्ठ कलाकार सम्मान
 ५.सबिन शाक्य – नेवा सम्मान
६.तिर्थ कुमारी थापा – बरिष्ठ गायिका सम्मान
७.अश्विनी कान्त झा – राष्ट्रिय ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफर सम्मान
८.गोपिकृष्ण चापागाँई – युवा पत्रकार सम्मान , नगद पुरस्कार रु १०,०००
९.पुर्णीमा लामा – संगीत रजत सम्मान , नगद पुरस्कार रु ३३,३३३
१०.कृष्ण बहादुर होना – समाजसेवी सम्मान

अवार्ड प्राप्त गर्ने कलाकारहरुको नामावली यस प्रकार रहेको छ। 

epicaward-4 list.jpg

epic-award-4-list.jpg

epic_award - list 5.jpg

epic-list.jpg