रक्ष कुमार राईद्धारा थप दुई बिधामा बिश्व किर्तिमान दाबी

...

माघ, काठमाडौँ । 
दुई विधामा चार वटा रेकंड राखेर गिनिज बुक्समा आफ्नो नाम लेखाई सकेका रक्ष कुमार राईले थप नयाँ दुई विधामा रेकर्ड राखेका छन् । शनिवार एक कार्यक्रममा राईले एक मिनेटमा सबैभन्दा धेरै टमाटर खाएर र टेनिब स्याकेटको ह्यान्डलमा बल नचाउदै रेकर्ड तोडेका हुन् । यसअघि दुई विधामा उनले रेकर्ड राखेका थिए। 

उनले अहिले एक मिनेट बल टेनिस रकेटको ह्याण्डलमा २ सय ७१ पटक नचाउदै नयाँ रेकर्डका लागी दाबी गरेका छन । यस्तै एक मिनेटमा ८० ग्राम अर्थात १० वटा सबै भन्दा धेरै गोल्भेडा खाएर रेकर्डका लागी दाबी गरेका हुन् । यसअघि मस्ट हिटस अफ टेनिस बल वीथ टेनिस रकेट ह्याण्डल इन वान मिनेट्स नेपालकै चित्रकुमार कार्कीले रेकर्ड राखेका थिए । कार्कीले एक मिनेटमा २६० कोर गरेका थिए । 

raxa-3.jpg

कार्कीको रेकर्डलाई ब्रेक गर्दै रक्षकुमार राइले २७१कोर गरी नयाँ रेकर्ड बनाइ विश्व रेकर्डको लागि प्रस्ताव गरेका हुन् । साथै मस्ट टोमाटोज इटेन इन वान मिनेटस् विधामा बेलायतकी नागरिका लिया सत्केभरको रेकर्डलाई ब्रेक गर्दै रक्ष कुमार राइले नयाँ रेकर्ड तोडेका हुन् ।

सतकेभरले एक मिनेटमा ८० ग्राम तौलका ८ दाना (जम्मा ६ सय ४० ग्राम) गोलभेडा खाएर विश्व किर्तिमान कायम गरेकी थिइन । सतकेभरको किर्तिमानीलाई ब्रेक गर्दै राईले एक मिनेटमा ८० ग्राम तौलका १० दाना (८ सय ग्राम) गोलभेडा खाएर नया रेकर्ड राखेका छन ।