विपिन र दयाहार्ङको ‘फूलबारी’को ट्रेलर सार्वजनिक

...

माघ, काठमाडौँ । 
अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको नयाँ चलचित्र  ‘फूलबारी’को ट्रेलर सार्वजनिक गरिएको छ । सुपरहिट चलचित्र ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले नै यो चलचित्र निर्देशन गरेका हुन् । पारिवारिक सम्बन्धको बिषयमा निर्माण गरिएको यो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । 

ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर कसरी असमझारीले उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश यसले दिन्छ । छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त यसमा छ । 

युट्युवमा सार्वजनिक गरिएको १६ घण्टामा १ लाख ८२ हजार पटक हेरिएको छ । भिडियो हेरिसकेपछि आएका अधिकांश प्रतिक्रिया राम्रा छन् । चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।