‘ह्यारी कि प्यारी’को दोस्रो गीत ‘मिठो मिठो’ सार्वजनिक

...

माघ, काठमाडौँ । आउँदो शुक्रबार (माघ २०) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुघबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत इन्टरनेटमा सार्वज्निक गरिएको हो ।

सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । चलचित्रको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचर्ड छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो ।