‘गैँडा चुरोट’मा प्रदीप र सृष्टीको ठुम्का

...

माघ, काठमाडौँ । नयाँ गीत ‘गैँडा चुरोट’ सार्वजनिक गरिएको छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर रहेको छ । गीतमा बिदुर तिमल्सिना ‘देवदुत’का शब्द छन् भने पुस्तक प्रसादको संगीत रहेको छ । 

गीतको भिडियोमा मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । रामचन्द्र गौतमको निर्माणमा तयार भएको गैँडा चुरोटको निर्देशन र कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

गायक गौतमकै च्यानलबाट रिलिज गरिएको गीतको भिडियोले एक रोमान्टिक प्रेम जोडीको प्रेमील कहानीलाई प्रस्तुत गरेको छ ।