स्टारडमले मात्रै चलचित्र चल्दैनः साम्राज्ञी आरएल शाह

...

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको सातबर्ष पुग्दै गर्दा १० वटा चलचित्रमा काम गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अहिलेकी लोकप्रिय अभिनेत्री हुन् । निर्माता तथा निर्देशकको सर्वाधिक रोजाईमा पर्ने साम्राज्ञीले महिनामै तीनदेखी चार चलचित्रको स्क्रिप्ट पढ्ने गर्छिन् । सन् २०१६ मा ‘ड्रिम्स’बाट नेपाली चलचित्रको यात्रा सुरु गरेकी साम्राज्ञीले पहिलो चलचित्रबाटै सफलता हासिल गरिन् । अभिनेता अनमोल केसीसँगको अभिनयलाई दर्शकले मन पराएसँगै साम्राज्ञीको यात्रा सुखद हुँदै अगाडी बढ्यो । 

‘ड्रिम्स’पछि चलचित्र ‘ए मेरो हजुर २’, ‘मंगलम’, ‘तिमीसँग’, ‘कायरा’, ‘इन्टुमिन्टु लण्डनमा’, ‘मारुनी’, ‘रातोटिका निधारमा’ र ‘तिम्रो मेरो साथ’मा काम गरिसकेकी छिन् । यो अवधिमा उनले आधा दर्जनबढी अवार्ड हात पारिसकेक छिन् । उनले काम गरेको पछिल्लो समय ‘ह्यारी कि प्यारी’ यहि माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । 

यसैबिच ‘ह्यारी कि प्यारी’का लागी प्रचारमा हिड्दैगर्दा हामीले अभिनेत्री साम्राज्ञीलाई केहि प्रश्न गरेका छौं । 

१. चलचित्र ‘ह्यारी कि प्यारी’ तपाईका लागी कत्तिको बिशेष ? यसअघिका चलचित्र भन्दा उत्कृष्ट मान्नुहुन्छ ? 
सबै चलचित्रको आआफ्नै फ्लेबर हुन्छ । दर्शकको नजरबाट हेर्ने हो भने यो चलचित्र साच्चैनै दर्शकले माया गर्नेखालको छ किनभने मानिसमा हुनुपर्ने इमोसनलाई निकै ध्यान दिइएको छ । इमोसनसँगै मनोरञ्जनलाई पनि ध्यान दिइएको छ । त्यसैले बिशेष चाँही छ ।

२. कुनैसमय कलाकारको टाउको पोष्टरमा देख्दैमा हलमा दर्शक पुख्थे, साम्राज्ञीलाई पोष्टरमा देखेपछि मात्रै हलसम्म आउने दर्शक छन् ?
मलाई यस्तो प्रश्न अप्ठ्यारो लाग्छ । म त्यस्तो सोच्दा पनि सोच्दिन । मैले गरेको चलचित्र राम्रो छ भने सोधेरे, बुझेर दर्शक आफै हलसम्म आउनुहुन्छ जस्तो लाग्छ । मेरो ध्यान चाँही चलचित्र राम्रो बन्नुपर्छ भन्नेमा हुन्छ ।

३. स्टारडमले मात्रै चलचित्र चल्छ जस्तो लाग्छ ?
मलाई त्यस्तो लाग्दैन । यस्तो स्टारडमले मात्रै चल्थ्यो भने हामी बलिउडकै उदाहरण दिन सक्छौं । कत्ति सुपरस्टारहरु हुनुहुन्छ, उहाँहरुको चलचित्र पनि नचलेको उदाहरण प्रशस्तै छन् । त्यसैले चलचित्र चल्नका लागी आफैमा राम्रो हुनैपर्छ । दर्शकको मन जित्न चलचित्र नै राम्रो बनाउनुपर्छ ।

actress samragyee rl shah.jpg

४. साम्राज्ञीले चलचित्रको प्रमोशनमा समय दिन खासै खोज्दिनन् भन्ने आरोप पनि छनि, सत्य हो ?
मैले आफूले काम गरेका चलचित्रलाई भ्याए सम्म समय दिएकी हुन्छु । कत्तिपय चलचित्रमा थोरै होला तर पुर्व निर्धारित कामहरुमा ब्यस्त भएको समय पर्छ । ह्यारी की प्यारीकै कुरा गर्दा पहिलो प्रेसमिटमा उपस्थित हुन सकिन किनकी मैले पहिले नै भनेकी हुन्छु कि यति समयपछि प्रमोशनमा हिड्छु, यो काममा ब्यस्त छु भनेर जानकारी गराएँकी हुन्छु ।

५. ‘ह्यारी कि प्यारी’ चलचित्रले सफलता हासिल गरेन भने तपाईको करिअरमा कत्तिको असर गर्ला ?
आफूले काम गरेका कुनैपनि चलचित्र सफल होस् भन्ने त हुन्छ । तर करिअरमा के गर्ला भन्न सकिदैन । चलचित्रले सफलता हासिल गर्दा अवस्य पनि एउटा कलाकारलाई फाइदै पुग्छ । ब्यस्ताको कुरा गर्दा मलाई अहिले यो चलचित्रमा काम गर्दै गर्दा पनि ७ वटा चलचित्रको स्क्रिप्ट आइसकेको छ । 

६. चलचित्रको ट्रेलरमा बिवाह र सन्तान पाउने कुरालाई स्थान दिएको देखिन्छ, वास्तविक जीवनमा विवाह र सन्तानको चाहाना कत्तिको छ ?
मेरो ब्यक्तिगत कुरा गर्नुहुन्छ भने मलाई आमा बन्ने चाहाना छ । एउटा आमा बन्न पाउनु भगवानले दिएको वरदान हो । समय आएपछि पक्कै त्यो चाहाना पुरा गर्नेछु ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।