लोकगायक भिम पौडेलको निधन, दुईमहिना देखी नै बिरामी थिए

...

माघ, काठमाडौँ । लोक तथा दोहोरी गायक भिम पौडेलको निधन भएको छ । दर्जनौं गीत गाएका भिमको गएराती निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनको स्यांग्जास्थित आफ्नै घरमा निधन भएको हो । 

पछिल्लो दुईमहिना देखी उपचाररत रहेका भिमको शरिरमा रगतको कमि भएको थियो । रगतको कमि भएको भन्दै उपचार गरिरहेको र पछिल्लो समय घरमै आराम गरिरहेको र एक्कासी निधन भएको बताइएको छ । उनी निकट गायिका सिर्जु अधिकारीले केहिदिन अघि भिमसँग कुरागर्दा हिडडुल गर्न गाह्रो भइरहेको र रगतको कमिले शरिर सुक्दै गएको भनेका थिए । उनी भन्छिन्, ‘मैले इन्द्रेणीमा कहिले जाने भनेको थिएँ । त्यो बेलामा बिरामी छु भन्नुभएको थियो ।’

भिमको साइलो भिनाजु राजन खत्रीकाले पछिल्लो दुईमहिना यता भिमको शरिरमा परिवर्तन आइरहेको थियो । उनले राम्रो सँग नखाने, एकोहोरो हुने जस्ता कुराले परिवार चिन्तामा थियो । भिमको कास्की पोखराको रामघाटमा आजै दिउँसो दाहसंस्कार गरिने बताइएको छ । पोखरामा रहेका सञ्चारकर्मि कमल सगरकमका अनुसार आजै उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । उनलाई श्रृद्धान्जली दिनका लागी काठमाडौंका केहि कलाकार पोखरा जाने तयारी गरेका छन् ।