चौथो ज्योति फिल्म म्युजिक अवार्ड चैत २४ मा हुने

...

माघ, काठमाडौँ । ज्योति फिल्म म्युजिक अवार्डको चौथो संस्करण हुने भएको छ । दुईदिन अघि सरस्वती पुजाको दिन पारेर यस अवार्डका लागी फारम खुल्ला गरिएको आयोजक रोयल मुभिज प्रा. लिले जनाएको छ । 

साथै अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक र अवार्ड समारोह सम्पन्न हुने मिति पनि सार्वजनिक गरिएको छ । आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठका अनुसार आगामी फागुन १५ गते उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने छ । साथै आगामी चैत २४ गते अवार्ड समारोह हुने बताइएको छ । अवार्ड रास्टिय नाचघर जमल, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । 

आयोजकले सामाजिक सञ्जालमार्फत पनि फारम सार्वजनिक गरेको छ । साथै फारम भर्न चाहाने कलाकर्मिहरुले माछापोखरीस्थित कार्यालयमा सम्पर्क गर्न सकिनेछ । अवार्डको मिडिया पार्टनरको रुपमा आर्टिष्ट खबर डटकम रहेको छ ।