कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

...

माघ, काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार एक कार्यक्रमका बिच रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनी पार्टी प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । 

उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ । सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

पाँचवर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् । उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् । एलिजाले पार्टीको बिचारधारा राम्रो लागेको कारण प्रवेश गरेको बताएकी छिन् । साथै उनले पार्टीमा प्रवेश गरेसँगै जनतासँग प्रत्यक्षरुपमा निकट रहेर समाजसेवा गर्न इच्छा जागेको बताइन् ।