बैशाख, काठमाडौं । बलिउड अभिनेत्री दिपिका पादुकोन लाई निर्देशक होमी अडजानियाले जबरजस्ती चु्म्वन गरेका छन् । केही दिन अगाडी मात्रै निर्देशक होमीले आयोजना गरेको पार्टीमा बिभिन्न कलाकारहरुको उपस्थिती थियो । चलचित्र फाइंडिग फैनी चलचित्रको शुटिङ सकिएको खुसीमा उनले पार्टीको आयोजना गरेका हुन् । जुन फिल्ममा अभिनेत्री दिपिका पनि रहेकी छिन् ।
निर्देशक होमीले दिपिका पादुकोनको चलचित्र ककटेल पनि निर्देशन गरेका हुन्। पार्टीमा नायीका दिपिका निकै सज्जिएर आएकी थिइन् । आयोजकका नाताले निर्देशक होमी आफै उनलाई स्वागत गर्ने गेट सम्म पुगेका थिए ।
पार्टीमा रक्सी पिएपछि निर्देशक रक्सीले बेस्सरी मातेका थिए र उनले दिपिकालाई चुम्बन गरे । शुरुमा त दिपिकाको अनुहारमा हाँसो थियो,पछि पछी उनि कालो निलो हुँदै गएकी थिइन । निर्देशकको त्यस्तो चुम्बन पछि दिपिकाले निकै कु्रद्ध भएर पार्टी छोडेको र उनी निस्कँदा निकै मुडअफ रहेको भारतीय मिडियाहरुमा खबर छ ।