अस्मिता र योगेशको स्वरमा ‘तिम्रो माया खै’ सार्वजनिक

...

माघ, काठमाडौँ । नयाँ गीत ‘तिम्रो माया खै’ सार्वजनिक गरिएको छ । गायिका अस्मिता अधिकारी र गायक योगेश काजी शाहको स्वरमा रहेको यस गीतमा सुनिल विकले शब्द र संगीत दिएका छन् । 

लभ रोमान्टिक गीतको भिडियोमा सुनिल र मोडल गीता ढुंगाना फिचर्ड छन् । भिडियोको निर्देशन पनि सुनिल स्वयंमले गरेका हुन् । विवेक विकको छायाँकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । 

सुनिलले यस अगाडी पनि केही गीतहरु ल्याएका छन् । सानै उमेरदेखि संगीत क्षेत्रमा लागेका सुनिल विक सर्जक प्रकाश सपुत र गायक देबेन्द्र बब्लुका भाई हुन् ।