टिका पुनले माघ २१ गते ‘साँगीतिक साँझ’ गर्दै

...

माघ, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी अग्रज गायिका टिका पुनले साँगीतिक साँझ गर्ने भएकी छिन् । यहि माघ २१ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा दिउँसो १ बजेदेखी साँगीतिक साँझ गरिने बताइएको छ । 

साँगीतिक साँझको पुर्ण जानकारी दिने उद्देश्यले आज गायिका पुनले पत्रकार सम्मेलन गर्दछिन् । उनले साँगीतिक साँझमा सहभागी हुने अन्य कलाकारसँगै आफूले प्रस्तुत गर्ने गीतसँगै अन्य जानकारी दिनेछिन् । पत्रकार सम्मेलन रिपोटर्स क्ल्ब नेपालको हलमा आज (मंगलबार) दिउँसो १ बजे राखिएको छ । ‘टिका पुन साँगीतिक साँझ’ को आयोजकको रुपमा दर्पण संगीतालय रहेको छ ।

singer-tika-pun.jpg

फाइल तस्बिरः गायिका टिका पुन गीत रेकर्डिङ गर्दै (तस्बिर स्रोतः फेसबुक)

गायिका पुनका आवाजमा सार्वजनिक भएका हजारौं गीत छन् । ति मध्ये दर्जनौं गीत हिट छन् । उनले गाएका मध्ये ‘क्षितिज पारी उनको बस्तीमा, आउँछु तिमीलाई भेट्न मायालु, म पुजा गर्छु मायाको, भाग्यमै छौं, जनम जनम, यहै काली’ लगायतका गीत अत्यधिक चर्चामा रहेका गीत हुन् ।