‘भुन्टि’ र ‘कान्छी’मा अभिनय गर्न पुगे साम्राज्ञी र जितु

...

माघ, काठमाडौँ । पछिल्लो समयको लोकप्रिय वेव सिरिज ‘भुन्टि’ र ‘कान्छि’मा कलाकार जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह देखिने भएका छन् । यहि माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को प्रमोशनका लागी जितु र साम्राज्ञीले ‘भुन्टि’ र ‘कान्छि’मा छोटो अभिनय गरेका हुन् ।
चलचित्रको प्रमोशन हुने तरिकाले अतिथि कलाकारको रुपमा अभिनय गर्न पुगेको कलाकार जितु नेपालले जानकारी दिएका छन् । उनले पछिल्लो समयको अत्यन्तै लोकप्रिय सिरिज भएकै कारण दर्शकको पहुजमा आफ्नो चलचित्रलाई पुर्याउनका लागी यी दुई सिरिजले ठुलो भूमिका खेल्ने अपेक्षा राखेका छन् । 

जितुले फेसबुकमा तस्बिर सेयर गर्दै सिरिजको टिमलाई धन्यवाद पनि दिएका छन् । ‘भुन्टि’ र ‘कान्छि’को लेखन तथा निर्देशन आशा खड्काले गर्छिन् । उनी आफै यि दुई सिरिजको मुख्य कलाकार हुन् । आशाको दर्शकसमक्षको क्रेज चलचित्रका मुख्य नायिकाहरुको भन्दा कम छैन । यि दुबै सिरिजको एक भाग मात्रै पनि एकसातामा ५० लाख भन्दा बढी पटक युट्युवमा हेरिन्छ । भ्युजको आधारमा हेर्ने हो भने ‘भुन्टि’ र ‘कान्छि’ अहिलेको सर्वाधिक हेरिने सिरिजमा पर्छन् । 

‘ह्यारी कि प्यारी’को प्रमोशनकोका लागी जितु र साम्राज्ञी गतसाता ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा पुगेका थिए । यो चलचित्रको आज (मंगलबार) काठमाडौंमा प्रिमियर गरिदैछ । चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् भने डिओपीमा सुदिप बराल रहेका छन् ।