एकल साँझ गर्न लागेकी टिका पुन भन्छिन्, ‘सबैलाई मानसम्मान दिनुपर्ने रहेछ, दिक्क लागेको छ’

...

माघ, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा ६ हजारबढी गीतमा स्वर दिएकी गायिका टिका पुनले यहि माघ २१ गते एकल ‘साँगितीक साँझ’ गर्ने भएकी छिन् । दिउँसो १ः३० बजेबाट प्रज्ञाभवनमा सुरु हुने एकल साँझमा उपराष्ट्रपतिलाई प्रमुख अतिथिको रुपमा निम्ता गरिएको छ । गायिका पुनले सोहि जानकारी दिनका लागी मंगलबार दिउँसो रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन गरिन् । जहाँ अन्य केहि कलाकर्मिको पनि उपस्थिती थियो । 

गायिका पुनले एकल साँझ गर्ने भनेर अगाडी बढिरहँदा धेरै कुरा सिक्ने मौका पाएको र दिक्क पनि लागेको बताएकी छिन् । उनले आफ्नो साँगीतिक यात्राको २३ बर्ष पुग्दै गर्दा एकल साँझ गर्ने योजना बनाउँदै गर्दा आफ्नो क्षेत्रका धेरैको साथ पाउने अपेक्षा गरेकी थिइन् । तर सोचेजस्तो नभएको बताइन् । उनले भनिन्, ‘मैले सोचेकी थिएँ कि मैले एकल साँझ गर्छु भनेर प्रस्ताव मात्र गर्दा मलाई यो काममा धेरैले सहयोग गर्नुहुन्छ, साथ दिनुहुन्छ । तर यहाँ त हजुर हजुर भन्नुपर्ने, सबैलाई सम्मान गर्नुपर्ने रहेछ । दिक्क पनि लागेको छ तर हार खाएकी छैन ।’

tika-pun-ekal-sajh.jpeg

गायिका पुनले आफू भेगिए हिसाबले पनि ठगिएको भन्दै केहिगर्ने जोशजागरले नै आजसम्म निरन्तर गीतसंगीतमा लागेको बताइन् । उनी अगाडी भन्छिन्, ‘सुर्खेत जिल्लाबाट तीनमहिनाको नानी बोकेर काठमाडौंमा सपना पुरा गर्न आएकी हुँ । त्यो समयमा गीतसंगीतमा लाग्नु आफैमा चुनौती थियो ।’

बिशेषतः नेपाली गीतसंगीत, संस्कृतिलाई बचाइराख्नका लागी आफूले एकल साँगितीक साँझ गर्न लागेको गायिका पुनले बताएकी छिन् । उनले उद्देश्यबारे प्रष्ट पार्दै भन्छिन्, ‘मैले गाएका सिर्जनालाई बचाइराख्नका लागी, भोली आउने नयाँ पुस्तालाई मौलिक गीतसंगीत चिनाउनका लागी, पुरानो गीतहरु बिर्सेकाहरुका लागी सम्झाउनका लागी यो साँझको आयोजना गरिएको हो । मेरो अन्य केहि त्यस्तो उद्देश्य छैन । पछिल्लो समय लोकगीतको धारमा परिवर्तन आइरहेको छ । कतै हामीले मौलिकतााई भुलेका त छैनौं, अथवा भुल्ने त होइनौं भनेर नयाँ पुस्तालाई सिक्ने मौका पनि हो । कला संस्कृति बचाइराख्नुपर्छ भन्नेनै मुख्य उद्देश्य हो ।’ 

‘टिका पुन साँगितीक साँझ’मा गायिका पुनलाई साथ दिँदै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, पशुपती शर्मा, रामजी खाण, किरणबाबु पुन लगायतले पनि प्रस्तुती दिने आयोजक दर्पण संगीतालयले जनाएको छ ।  

गायिका पुनका ‘लालुपाते फुल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पुजा गर्छु मायाको’, ‘एबिसिडि’, ‘समाजको बन्धन’, ‘छोरी पाए’, ‘यो मार्मिक सन्देश’, ‘जुनमा पनी दाग छ’, ‘तिम्रो दर्शन पाईन’, ‘पोखरा फेवाताल घुम्नलाई’, ‘म त जुनी जुनी’ लगायतका गीत दर्शक स्रोता समक्ष लोकप्रिय छन् ।

भिडियो पनि हेर्नुहोस् ।