पेट्रोलमा पानी मिसाएको कुरा भन्दिन भन्दाभन्दै फुस्किएपछि… (भिडियो)

...

माघ, काठमाडौं । पछिल्लो समय नाकाबन्दीको कारण नेपालमा धेरै कालोबजारी बढिरहेको छ । खानापकाउने ग्याँस देखि पेट्रोलियम पदार्थको निकै नै कालोबजारी भएको पाइन्छ । यस्तैक्रममा कालोबजारी लाई मध्यनजर गर्दै ‘गोफ्ले गोपी’ नामक एक छोटो फिल्ममा पेट्रोलको बिषयलाई उठाईएको छ ।
gofle gopi nepali short movieपेट्रोल महंगोमा बेच्ने र त्यो पनि पानी मिसाएर बेच्ने गरेको कथामा समावेश भिडियो निकै रमाइलो बनाईएको छ । एक गोफ्ले पात्रले पेट्रोल बेच्दा लुकाउने पर्ने कुरा फुस्काउँदाको कुरालाई रमाइलो तरिकाले भिडियोमा देखाईएको छ ।

भिडियोमा गोपिकृष्ण चापागाईको कथा तथा निर्देशन रहेको छ । कलाकार पेमा लामा, गोपिकृष्ण चापागाई, रबिन राई, नविन भट्टराई, निरज पन्थि, राजेस्वर श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । भिडियो एनवी थापाले खिचेका हुन् । गोफ्ले गोपी टिमले यसभन्दा अघि खाना पकाउने ग्याँसको बिषयमा रमाइलो भिडियो (गोफ्ले गोपी भाग १) निर्माण गरेको थियो ।