केहि फरक गर्ने चाहानाले रोडिजमा जोडिएको हुँः सुरज सिंह ठकुरी

...

माघ, काठमाडौँ । टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले कान्तिपुर टेलिभिजनसँगको दुईदशक लामो यात्रा टुंगाएका छन् । उनी अहिले हिमालय टेलिभिजनसँग जोडिएका छन् । गएको सोमबार टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनको डिजिटल अडिसन खुला गरिएको सँगै होस्ट परिवर्तन गरिएको बारे जानकारी गराइयो । ‘हिमालय रोडिज’को पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् । 

सुरज सिंहका अनुसार उनले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई सो’ लाई पुर्णविराम दिएर रोडिजमा जोडिएका हुन् । यस अघिका रोडिजका सिजनमा नायक तथा मोडल रेमन दास श्रेष्ठ कार्यक्रम प्रस्तोताको रूपमा थिए ।

यसैबिच सुरज सिंह ठकुरीलाई यिनै बिषयको पेरिफेरीमा रहेर आर्टिष्ट खबरकी आभा शर्माले गरेका केहि प्रश्नमा यसरी उत्तर दिन्छन् ।

तपाई कान्तिपुर टेलिभिजनबाट आफ्नो पहिचान बनाउनु भयो । अब हिमालय रोडिजमा जोडिनुभएको छ । फरक पहिचान बनाउन सक्नुहोला ?

म कहिले पनि अपेक्षा राखेर काम गर्दिन । मलाई कान्तिपुरबाट धेरै दर्शकले मन पराउनुभयो । दर्शकहरू जहिले पनि केहि फरकपन खोज्नुहुन्छ, मलाई चाहिँ सधैँ त्यहि कार्यक्रम गरिरहँदा मज्जा नलाग्न सक्छ, त्यसैले केहि फरक गर्ने चाहना भएर म रोडिजमा प्रवेश गरेको छु । म कत्तिको हिट हुन्छु हँुदिन त्यो दर्शकको हातमा छ । पछिल्लो समय अडियन्स ग्रो हुनुभएको छ म भैराको छैनकि जस्तो लाग्छ । सन् २००३ मा जब कल कान्तिपुर सुरु भएको थियो । त्यो समय र अहिले धेरै परिवर्तन भइसकेको छ । म अब त्यहि कल कान्तिपुर भनेर बसेर हुँदैन । त्यसैले अगाडी बढ्नुपर्छ भनेर रोडिज त्यसकालागी केहि फरक भन्ने लागेको छ ।

sssssssss.jpg

तपाईलाई कतिपयले घमन्डी मान्छे भन्ने गर्छन्, सामाजिक सञ्जालमा आएका कमेन्टमा पनि त्यो देखिन्छ । के तपाई साच्चै घमण्डी हो ?

मलाई साँच्चै भन्दा नौटंकी गर्न आउदैन । म जस्तो मुडमा छु त्यस्तै रूपमा प्रस्तुत हुन्छु । मलाई अरू जस्तो मनमा एउटा मुखमा अर्को देखाउन आउदैन । म पब्लिक फिगर हुँ भन्दैमा सधैं आफ्ना कुराहरु लुकाएर हिड्नुपर्छ भन्ने लाग्दैन । कहिले काँही मलाई पनि खिन्न लाग्छ होला, मलाई बोल्नमन लाग्दैन होला । त्यो बेलामा कसैले घमण्डी भन्ने लाग्छ हो । यसलाई पनि आज टेन्सन होला, यसलाई बोल्न मन नलागेको होला भन्ने पनी बुझ्नुपर्छ । त्यसैले घमण्डी होइन, लुकाउन जान्दिन ।

फरक फरक केहि काम गरिरहेको देखिन्छ । आफू के काम गर्नका लागी बनेको जस्तो लाग्छ ? 

बिशेष गरी क्यामेरासँग खेल्न रुचाउँछु । आफूले जानेको कुरा, मन लागेको कुरा बिभिन्न माध्यमबाट दर्शकसमक्ष पुग्नका लागी मन लाग्छ । बिशेषगरी इन्टरटेन गर्न र रमाइलो गर्नका लागी बिभिन्न काम गरेको हुँ ।

आगामी दिनमा फरक के गर्ने इच्छा छ ? 

मलाई एउटा रोडिज गर्न मनथियो । त्यो पुरा हुँदैछ । अब अन्य कुरामा अन्तर्राष्ट्रिय शोजहरु गर्नेमन छ । भोली केके गरियो भनेर हेर्दा पनि बिभिन्न नेपालका टेलिभिजनमा कार्यक्रम, अन्तर्राष्ट्रिय शोजहरु गरियो भन्ने अनुभव पनि हुन्छ । त्यस्तो अन्य ठुलो केहि इच्छा, चाहानाहरु छैन । 

भिडियो कुराकानी हेर्नुहोस् ।