चलचित्र ‘ह्रस्वदीर्घ’मा कमेडियन आदर्श मिश्र भित्रिए

...

माघ, काठमाडौँ । निर्माण हुने तयारीमा रहेको नयाँ चलचित्र ‘ह्रस्वदीर्घ’मा कमेडियन आदर्शक मिश्र भित्रिएका छन् । नायिका नीता ढुंगानाको कम्पनी नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा यसअघि सलोन बस्नेत अनुबन्धित भएका थिए । तर सलोन चलचित्रबाट बाहिरिसकेका छन् । 

सलोन आफ्नै होम प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘जय हो’मा व्यस्त हुनुपर्ने भएपछि यो चलचित्रबाट बाहिरिएका हुन् । अहिले चलचित्रमा भित्रिएका आदर्श भारतमा रहेर चलचित्रको वर्कशप गरिरहेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्रलाई ठूलो क्यानभासमा बनाउने तयारी गरिएको छ । चलचित्रमा साउथका कलाकराह्रु ब्रम्हानन्द, सुनिल बर्मा लगायतले पनि काम गर्दैछन् । 

चलचित्रलाई रामोजी स्टूडियो, नेपाल र बनारसमा खिच्ने तयारी निर्माताको छ । चलचित्रका लागि हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा लगायतका कलाकार फाइनल भैसकेका छन् । निर्माण टिमका अनुसार चलचित्रलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ ।