मिस नेपाल– २०२३ को आवेदन खुला

...

माघ, काठमाडौं । आयोजक द हिडन ट्रेजरले ‘मिस नेपाल– २०२३’ को आवेदन खुला गरिएको जानकारी गराएको छ । बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गर्दै इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिनसक्ने बताइयो ।

miss-nepal-2023-form.jpg

जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ । यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् । 

miss-nepal-2023-news.jpg
सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए । यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना छ ।

तस्बिर स्रोतः द हिडन ट्रेजर