‘टिका पुन सांगीतिक साँझ’ सम्पन्न

...

माघ, काठमाडौँ । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको ‘टिका पुन सांगीतिक साँझ’ सम्पन्न भएको छ । शनीबारका काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो । आफ्नो ‘आमा’ गीतबाट प्रस्तुती सुरु गरेकी गायिका पुनले दर्जनौं लोकप्रिय गीत गाएकी थिइन् ।

कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । ‘टिका पुन सांगीतिक साँझ’ बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक प्रेमराजा महत, नन्द कृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, बरिष्ठ लोक गायिका शर्मीला गुरुङ, बरिष्ठ लोक गायिका शिला आले लगायतका कलाकारहरुको उपस्थिती थियो । हलमा दर्शकको भरिभराउ देखिन्थ्यो । 

कार्यक्रममा लोकप्रिय गायिका संगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, रामजी खाण, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । साथै सहयोगी कलाकारहरुको रुपमा स्मृती शाही, करिश्मा घर्ती मगर, शिब संगीत, धनराज चुनारा, खगेन्द्र बिक, सन्तु थापा, करिश्मा बिसी, प्रकाश रसाईली भाबुक, करुणा गन्धर्व लगायत अन्य रहेका थिए ।

tika-pun-ekal-sajh-photos-artist-khabar (1).JPG

‘टिका पुन सांगीतिक साँझ’ दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी गायिका टिका पुनको कर्म घर दाङ हो । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

गायिका पुनले स्वर दिएका गीतहरु ‘लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी’ लगायत थुप्रै गीतहरु चर्चामा छन् । गायिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । उनी बिगत २३ बर्षदेखी सांगितीक क्षेत्रमा छिन् । 

तस्बिरः संगीत वली/ आर्टिष्ट खबर