नरेन र सुरक्षाको ‘बुलाकी’ नयाँ बर्षमा प्रदर्शन हुने

...

माघ, काठमाडौँ । नयाँ चलचित्र ‘बुलाकी’ आगामी नेपाली नयाँ बर्षमा प्रदर्शन हुने भएको छ । निर्माण टिमले बि.स. २०८० बैशाख १ गते प्रदर्शन मिति तय गरेको हो । नारी प्रधान कथानक चलचित्र ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने चलचित्रमा टोपेन्द्र विष्टको लगानी छ । निर्माण टिमबाट सामाजीक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरिएको हो । 

‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको चलचित्र मा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइ, सरस्वती खत्रीले अभिनय गरेका छन् । कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित चलचित्र शिब ढकालले खिचेका हुन् ।
 
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्रको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको बितरक एफडी हो । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । 

म्युजीक डटकमले डिजिटल राइट खरिद गरेको फिल्म डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको हो । प्रचारप्रशारलाई तीव्रता दिदै निर्माण युनीटले ‘बुलाकी’ को टिजर यही माघ २७ गते सार्वजनीक गर्दैछ ।