माघ, काठमाडौँ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति सुनाएको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । त्यसै अनुरुप अहिले उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।
सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् । अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ ।
एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।