मुन्द्रे र राजेश पाएल राईको टोलीे मलेसियामा धमाका मच्चाउने भन्दै उड्यो

...

माघ, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) र चर्चित गायक राजेश पाएल राई मलेसिया, हङकङ लगायतका बिभिन्न देशमा हुने कार्यक्रमका लागि काठमाडौं बाट उडेका छन् । शनिबार दिउँसो २ बजे त्रिभुवन बिमानस्थल बाट यि कलाकारको टोली मलेसियाका लागि उडेको हो ।
jitu and rajesh team ...चाईनिज नयाँ बर्षको अवसरमा मलेसियाको पेनांगमा फ्रेबुअरी ७, ८ र ९ तारिखमा हुन लागिरहेको ‘रकस्टार धमाका’ नामक कार्यक्रममा धमाका मच्चाउने भन्दै उनीहरु लागेका हुन् । मुन्द्रे र राजेश पाएलको साथमा अन्य गायिका सिर्जु अधिकारी, कोरियाग्राफर पेमा लामा, मोडल चन्दा दाहालपनि सँगै छन् । उनीहरु मलेसियाको पेनांगमा तिन दिनको कार्यक्रममा सँगै रहनेछन् । मलेसियाको कार्यक्रमको मिडिया पार्टनरको रुपमा आर्टिस्ट खबर डटकम रहेको छ ।

त्यस्तै मलेसियाको कार्यक्रम सकेलगत्तै हाँस्य कलाकार जितु नेपाल हङकङमा हुने अर्को कार्यक्रमका लागि मलेसियाबाट ९ फ्रेबुअरीमा हङकङ जानेछन् । उनले हङकङमा पनि धमाका मच्चाउने बताएका छन् । साथै जितु नेपाल हङकङ पछि १२ फ्रेबुअरीमा युएईको एक कार्यक्रममा आफ्नो प्रस्तुती देखाएर नेपाल फर्कने कार्यक्रम रहेको बताए ।

गायक राजेश पाएर राई पनि फ्रेबुअरी ९ सम्म मलेसियामा हुने कार्यक्रम सकेर १४ फ्रेबुअरीका लागि साईप्रस लाग्नेछन् । साथै उनी साईप्रसको कार्यक्रम सकेलगत्तै १९ फ्रेबुअरीमा युकेमा हुने कार्यक्रममा लाग्नेछन् र राजेशको १३ मार्चमा हङकङमा कार्यक्रम रहेको छ । उनले हङकङमा पनि धमका मच्चाउने बताएका छन् ।