मध्यम चल्यो जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’

...

माघ, काठमाडौँ । चलचित्र ‘ह्यारी कि प्यारी’ यहि माघ २० गतेबाट प्रदर्शनमा आयो । प्रदर्शनका पहिलो दिन शुक्रबार खासै दर्शकको फ्लो नदेखिएको यो चलचित्रमा शनिबार भने दर्शकको संख्या बढेको थियो । तर आइतबार र सोमबारको तथ्यांकमा फेरी कम हुँदै आयो ।

यो चलचित्रलाई आजको दिनसम्म दर्शकको फ्लोको आधारमा, समिक्षाको आधारमा र आम्दानीको आधारमा हेर्दा सफल मान्न सकिदैन । दुईकरोड माथिको लगानीमा निर्माण भएको यो चलचित्रले आजको दिनसम्म करोडको पनि कुल आम्दानी गर्न नसक्नु र समिक्षकहरुबाट राम्रो समिक्षा नआउनुले चलचित्रलाई असफल तुल्याउँछ । यद्यपी चलचित्रको निर्माण टिमले कुल आम्दानी सार्वजनिक गरेको छैन ।

qfx cinemas.png

काठमाडौंको सिभलमलमा रहेको क्युएफएक्समा शुक्रबार साँझ ७ बजेको शोको लागी दिउँसो ३ः३० सम्म बुकिंग गरिएको स्क्रिनसर्ट । स्रोतः क्युएफएक्स सिनेमाज् डटकम

डा. कपिल रिजालले निर्देशन गरेको यो चलचित्रको प्रसारप्रचारमा निकै मिहिनत गरेको देखिन्थ्यो । चलचित्रको प्रिमियरमा बिभिन्न कलाकारलाई बोलाउने र प्रदर्शन भइसकेपछि पनि पटक पटक बिशेष शो गर्ने देखी फेसबुकमा राम्रो प्रतिक्रिया दिने दर्शकका भनाई बुष्ट गर्ने काम गरिरहेको थियो । गएको केहि साता अघिका चलचित्रले दुईदिनपनि दर्शक पाएका थिएनन् । पछिल्लो केहि साता यताका अन्य चलचित्रको तुलनामा ‘ह्यारी कि प्यारी’ मध्यम चलेको भन्न सुहाउँछ । तर सफल मान्न सकिदैन । 

चलचित्रमा कलाकार जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह, बिजय बरालको कामको तारिफ गरियो । चलचित्र हेरेका सबैले कलाकारको कामलाई उत्कृष्ट भनेका छन् । तर हलसम्म दर्शक पुगेको खासै देखिदैन । आज बुधबार पनि हलमा मध्यम दर्शक देखिए । भोली बिहीबारका लागी क्युएफएक्स चेनले १७ शो दिएको छ तर अग्रिम बुकिंग शुन्य जस्तै छ ।