सज्जाको स्वर र शब्द रहेको ‘तिमीसँग’ गीत सार्वजनिक

...

माघ, काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

sajja-3.JPG

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन (सुजनी ठकुरी)को ड्रेस छ ।

भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।