बालबालिकाको कथामा बन्ने फिल्म ‘किताब’को शुभ मुहुर्त

...

माघ, काठमाडौं । फिल्म ‘किताब’को शुभ मुहुर्त गरीएको छ । बालबालिकाको कथामा बन्ने फिल्म ‘किताब’को शुक्रबार काठमाडौंको मनमैजुमा शुभ मुहुर्त गरीएको हो ।

film book 5बालबालिकाको जीवनमा किताबले खेल्ने भुमिका र बालबालिका सँगै किताबमा घरपरिवार , शिक्षक, बिद्यालयको भुमिकाका बारेमा बन्न लागेको फिल्मलाई ‘असहाय’ केसाङ लामाले निर्देशन गर्दैछन् । निर्देशक लामाले यो भन्दा अघि ‘कान्छिनानी’, ‘कुसुम’ लगायतका फिल्महरु निर्देशन गरीसकेका छन् । फिल्ममा कार्यकारी निमात्रीको रुपमा रोमा लामा रहेकी छिन् । फिल्मलाई श्रीकृष्णले खिच्दैछन् ।
film book 1केसाङ क्रियसन प्रा.ली. कृत किताबको छायांकन फागुन दोस्रो सातासम्म सक्ने निर्देशक लामाले बताए । एक घण्टाको हुने फिल्मलाई च्यारिटी शो मार्फत देखाईने लामाको भनाई छ । “हामीले फिल्म हलमा लगाउँदै नौं, एक फरक चलचित्र भएकोले पनि यसलाई बिशेष र फरक ठाउँमा च्यारिटी शो मार्फत देखाईनेछ”, निर्देशक लामाले भने ।
film book 2शुभ मुहुर्त कार्यक्रममा कलाकार लम्मण बिक्रम बस्नेत, सिलिका महर्जन, बिमला लामा, चन्द्र ब. खड्का, निर्देशक मिलन कार्की लगायतको उपस्थिती थियो । साथै फिल्मको गितमा स्वर दिएका र फिल्ममा अभिनय समेत गर्ने दुई बालकलाकार धर्म लामा र कर्म लामाले फिल्मको शुभ मुहुर्त कार्यक्रममा बिशेष पुजा पनि गरेका थिए ।

कार्यक्रमका प्रमख अतिथि समाजसेवी महेन्द्र शर्माले पनि फिल्मको कथावस्तु निकै राम्रो भएको भन्दै शुभकामना दिएका थिए । साथै कार्यक्रममा बिशेष अतिथि तथा फिल्मका विशेष सहयोगी तप्द ब. खत्रीले पनि फिल्मलाई शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन रामहरी गौतमले गरेका थिए ।