चलचित्र ‘कामिनो’मा अभिनेता राजबल्लभ कोइराला अनुबन्धित

...

माघ, काठमाडौँ । निर्माण हुने तयारीमा रहेको चलचित्र ‘कामिनो’मा अभिनेता राजबल्लभ कोइराला अनुबन्धित भएका छन् । बिगत एक दशकदेखि अमेरिकामा रहँदै आएका अभिनेता कोइरालासँगै यसअघि अभिनेता प्रदिप खड्का र बर्षा सिवाकोटी चलचित्रको मुख्य भूमिकाका लागी अनुबन्धित भइसकेका छन् । 

दीपक वलीको निर्देशनमा निर्माण हुने यो चलचित्रबाट कमब्याक गर्न लागेका अभिनेता कोइरालाको भूमिकाबारे भने खुलाइएको छैन । उनलाई चलचित्रमा अनुबन्ध गरिएको चलचित्रका मिडिया संयोजक लक्ष्मण सुवेदीले जानकारी गराएका छन् । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर समेर सार्वजनिक गरेका छन् जुन पोष्टरमा अभिनेता कोइरालालाई ‘वेलकम ब्याक टु सिनेमा इन्ड्रस्ट्रिज’ लेखिएको छ ।

चलचित्रमा महेश दवाडीको लेखन, सुनील बिष्ट गौलीको निर्माण अनि पूर्ण लामा कृएटिभ डिरेक्टरको रुपमा छन् । चलचित्रका लागी अन्य कलाकारको छनोटको काम भइरहेको जनाइएको छ ।