रानी शाक्यको ‘उड्यो मन’ सार्वजनिक

...

माघ, काठमाडौँ । गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छिन् । अमेरिकामा रहदै आएकी रानीको ‘उड्यो मन’ बोलको गीतले यूवतीहरुको भावनालाई समेटेको छ । 

गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषत, रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ । गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छने ।

भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु, कुनै संकोच विना विन्दास तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।