डि.आर. सुजनको ‘उडेको चरी’ बिमोचन

...

माघ, काठमाडौँ । गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत ‘उडेको चरी’ बिमोचन गरिएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरियो । बिमोचन कार्यक्रममा डि. आर. सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा. लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिब हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, लोकप्रिय गायिका देबी घर्ती, नायिका सबिना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भिम प्रसाद पौडेल, प्रिया पोखरेल, सुर्य ओली लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । 
 
‘उडेको चरी’ गीतमा डि.आर. सुजनसँगै लोकप्रिय गायिका देबी घर्तीको स्वर रहेको छ गीतमा डि.आर. कै शब्द, संगीत रहेको छ । बहुप्रतिभाका धनी ब्यक्तित्व डि।आर। सुजन कै निर्देशन रहेको छ भने रेशम दर्लाको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा डि.आर. सुजन, रोशनी कार्की, सुर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । उडेको चरी गीतको भिडियोमा सुदुरपश्चिममा रहेका बादी समुदायका यथार्य घट्ना र पिडाहरुलाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन छ । अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव एवं प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले डि.आर. सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए । उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ । उनले डि.आर. सुजनका दुवै सिर्जनालाई सफलताको शुभकामना दिएका छन् ।
डि.आर. सुजनले आफ्नो गीत ‘उडेको चरी’ गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताए । गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनले प्रष्ट पारे । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए ।