चलचित्र ‘बाटो’को इन्ड क्ल्याप

...

माघ, काठमाडौंँ । चलचित्र ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको चलचित्रको सोमबार (१ फागुनमा) इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि सकिएको हो । चलचित्रको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मदन थापा हुन् । चलचित्रमा लेखन समेत निर्देशक थापाकै रहेको छ । चलचित्रका छायाँकार शरण ऋसी हुन् । निर्देशक थापा तथा छायांकार ऋसी निर्माण युनिटले चेन्नइबाट झिकाएको हो ।

bato-movie.jpg

रोड थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘बाटो’मा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायत मुख्य भुमिकामा छन् । चलचित्रका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं चलचित्रका फाउन्डर पनि हुन् ।

फिल्मको पोष्ट प्रोडक्सनको पुरै कार्य मुम्बईमा हुनेछ । केही दिनभित्रै पोष्ट प्रोडक्सन सुरु हुने फिल्म अर्काे बर्ष भित्रमा रिलिज गर्ने योजना निर्माण युनिटको छ । फिल्म नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी दिए ।