प्रेमी मानव सुवेदीसँग बिहे गर्दै अभिनेत्री सुरक्षा पन्त

...

माघ, काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग बिहे गर्ने भएकी छिन् । बिवाहको मिति फागुन २५ गते तोकिएको छ । चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले एकदम निकटका आफन्त तथा साथीभाईलाई मात्र निमन्त्रण दिने भएका छन् ।

‘अन्तराल’ फिल्मबाट डेब्यु अभिनेता मानव सुवेदीले विवाहबारे जानकारी गराए । सकेसम्म सानो उपस्थितिमा विवाह गर्ने योजना यो जोडीले गरेको छ । सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’ फिल्मबाट बाट सुरक्षाले अभिनय थालेकी थिइन् भने पहिलो चलचित्र ‘अन्तराल’ पछि मानवले फिल्म ‘नेपथ्य’ र ‘चिनी कम रङ कडा’ मा अभिनय गरे ।

उनी हिजोआज छोटो चलचित्रको निर्देशनमा सत्रिmय छन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको घर भने झापा हो । लगभग ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई मिडियाबाट टाढा राखिरहेका थिए र उनीहरूका सम्बन्ध बारे ६ बर्षसम्म कसैले सुइको नै पाएनन् ।