अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

...

माघ, काठमाडौँ । एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफुलाई सम्हाल्न सक्दैनन् ।

यसरी गत महिना ७२ जनाको ज्यान गएको बिमान दुर्घट्नामा प्रेमिका गुमाएको विषयलाई छोटो चलचित्रको रुपमा उएटा गीतको भिडियोमा उतारिएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । इन्डलेस (ट्रु लभ नेभर डाइस्, अनन्त)नामक सर्ट फिल्म शैलीको (म्युजिक भिडियो) सेतो कुर्ता रातो सारी गीतमा बनाईएको छ । यसलाई ओएसआर डिजीटल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ ।
गीतको सुुरुमा भिडियोमा प्रेमी प्रेमिकाको अथाह प्रेम देखाईएको छ । अन्त्यमा प्रेमिका नेपाल आउँदा जहाज दुर्घटनामा ७२ जना सहित उनको निधन भएको दुःखद घटनासँगै भिडियो सकिन्छ । प्रेमिकालाई गुमाउँदा पनि प्रेमीले उनलाई सम्झिरहेको दुष्य अन्त्यमा छ ।

सन्तोष सुनारको शब्द/संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको छ । यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएकोे छ । यसको सह निर्देशन कमल अधिकारीले गरेका छन् । जसमा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा छ ।

नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो गीति चलचित्रलाई गोविन घिमीरेले निर्देशन गरेका छन् । छायांकन र सम्पादन पनि घिमिरेकै हो । सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन् । निर्देशक गोविनले यसबारे भने, ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोशीस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ ।’