चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

...

माघ, काठमाडौँ । गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।  यो चलचित्रलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले प्रदर्शन गर्न लागेको हो । 

यसै क्रममा चलचित्र फुलबारीले फ्रेबुअरी २५ र २६ तारेखका दिन सिड्नीको बैक्स टाउनमा रहेको होयत्स सिनेमा हलबाट प्रदर्शनको शुरूवात गर्ने भएको छ (‘ यो शोहरू पछी हामी फुलबारीको अन्य शोहरू पुरा अष्ट्रेलिया प्रदर्शन गर्दै अगाडि बढाउंदै छौं (‘ यो चलचित्रका अष्ट्रेलिया बितरक रोशन भट्टराई र बिनोद पौडेलले जानकारी दिए । चलचित्र फुलबारी १९ फ्रेबुअरीका दिन क्यानभरा ,२० र २२ फ्रेबुअरीका दिन डार्बिन र यसैगरी एडिलेट र मेलबर्नमा फ्रेबुअरी २२ का दिन प्रदर्शन हुने भएको छ । यसपछी फुलबारी तास्मनिया  ,ब्रिसबेन र पर्थमा पनि प्रदर्शनमा आउंने तयारीमा रहेको छ ।
   पारिवारिक पिडामा हांस्य रस मिसिएको चलचित्र फूलबारी सांच्चै निर्देशक रामबाबु गुरूंगले निकै राम्रो चलचित्र बनाएका छन । नेपालमा पारिवारिक दर्शकहरू तानेको यो चलचित्रले बिदेशिएका नेपाली यूबा यूबती र नेपालमा रहेका परिबारको मर्मलाई निकै संबेदनशिल तरिकाले प्रस्तुत गरेको छ । चलचित्रले समातेको सशक्त धार र बलियो पाटोले के देश के बिदेश ? सबै खाले दर्शकहरूलाई आकर्षित गर्ने देखिन्छ । 

   चलचित्र कबड्डी मार्फत नेपाली दर्शकहरू मांझ गहिरो छाप छोड्न सफल निर्देशक रामबाबु गुरूंगले आफ्नो त्यो बलियो र उच्च क्षमता अनि प्रतिभालाई चलचित्र फुलबारीमा पनि उपस्थिति गराएका छन । कथा र पात्रको सशक्त प्रस्तुति यो चलचित्रको अर्को बलियो पाटो हो ।