चलचित्र निर्देशक सुदर्शन थापालाई पुत्र लाभ

...

फागुन, काठमाडौँ । चलचित्र निर्देशक सुदर्शन थापालाई पुत्र लाभ भएको छ । सुदर्शन थापा र सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालको विवाह १ वर्ष अगाडि धुमधामका साथ भएको थियो ।

हिजो मात्र  फ्रन्टलाइन अस्पतालमा सुदर्शन र सुप्रियाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले छोरा  र आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै आफू पिता बनेको खुसी व्यक्त गरेका छन्  । उनले छोराको नाम प्रियदर्शन राखेको पनि  फेसबुक मार्फत जानकारी गराएका छन् ।

विवाहअघि उनीहरु केही वर्ष प्रेम सम्बन्धमा थिए । ‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशन सुरू गरेका सुदर्शनले ‘रामकहानी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘सम्हालिन्छ कहिले मन’ लगायतका फिल्मको  सफल निर्देशन गरिसकेका छन् । करिब एक महिना अगाडि उनले फिल्म ‘प्रसाद २’को छायांकन सकाएका थिए ।