याद गर्नुपर्ने मिति, अनमोल केसीको ‘छड्के–२’ फागुन १९

...

माघ, काठमाडौँ । यतिबेला नेपाली चलचित्रको दुनियामा यहि फागुन १९ गतेलाई बिशेष रुपमा हेरिएको छ । किनकी यो मितिमा दुई ठुला मानिएका नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । चर्चित ब्राण्ड ‘छक्का पन्जा’ टिमको ‘छक्का पन्जा ४’ र युवास्टार अनमोल केसीको ‘छड्के-२’ । यी दुई चलचित्र एकै मितिमा प्रदर्शन हुँदैछन् । 

यसअघिका समाचारमा हामी ‘छक्का पन्जा’को चर्चा गरेका छौं । यहाँ केहि चर्चा ‘छड्के-२’ को गरौँ ।  अनमोल केसीका कारण पनि यो चलचित्रमा दर्शकको संख्या बढी हुने अनुमान गर्न सकिन्छ । युवाहरुमाफका स्टार अनमोलको यो चलचित्रका लागी लुक्स भिन्न छ । अनमोल नेपाली कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन् । 

ग्याङस्टरको कथा भन्ने चलचित्र ‘छड्के–२’ले तीनवटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ । जसकोउद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसीहुन् । जसको शरीरभरी ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेकाअहिलेसम्म बाहिर आएका चलचित्रका कन्टेन्टले देखाएका छन् । चलचित्रको आगामी बुधबार ट्रेलर सार्वजनिक हुने तयारीमा छ ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ दर्शकले फागुन १९ मा देख्ने छन् । ग्रीन ग्याङको नेता अनमोल छन् । उनीमेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो । यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नोपकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ । चलचित्रमा मनाङको सुन्दर पठार देखिने छ । यो चलचित्रमा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ । 

निगम श्रेष्ठको निर्देशक रहेको चलचित्रका लेखक पनि उनी स्वयं हुन् । चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ । 

image_6483441 (1).JPG

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी÷लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

त्यसो त चलचित्र छक्का पन्जा ४ को क्रेज पनि निकै छ । केहिदिन अघि सार्वजनिक ट्रेलरले पनि दर्शकमा थप कौतुहोल्ता थपेको छ । यि दुई चलचित्रको भिडन्त गज्जब देखिन्छ । तर यसरी ठुला मानिएका दुई चलचित्र एकै मितिमा आउँदा चलचित्र क्षेत्रलाई नै नोक्सान हुने भने पक्का हो ।