‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’मा बिभिन्न क्षेत्रका ३५ बिधा समेटिने

...

फागुन, काठमाडौँ । बिभिन्न फरक बिधामा ख्याति कमाएका ब्यक्तिहरुलाई प्रदान गरिने  ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’को दोश्रो संस्करणको घोषणा गरिएको छ । निकिला मिडिया नेटवर्कले आगामी चैत १७ गते काठमाडौंको होटल हायातमा आयोजना गर्ने तयारीका साथ काम अगाडी बढाइएको जानकारी गराइयो । सोमबार पत्रकार सम्मेलन गरि अवार्डबारे जानकारी गराइयो । 

कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलका अनुसार गतबर्ष जस्तै ३५ विधाका अवार्डलाई नै कायम राख्दै कला, साहित्य, शिक्षा, स्वास्थ्य लगायतका बिभिन्न बिधामा योगदान पुर्याएका ब्यक्तिहरुलाई अवार्ड प्रदान गरिनेछ । त्यसका लागी निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेता घोषणा गर्नेछ । 

अवार्डको वेबसाईट निर्माणको तिब्र तयारीमा रहेको अवाको विश्वव्यापी आवेदनका लागि तेश्रो संस्करणदेखि खुल्ला गरिने छ । देशका मात्र नभई विश्व व्यापी ख्याती कमाएका व्यत्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने छ ।

galaxy-award.jpg

घोषणा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले आयोजकलाई शुभकामना दिए । सन् १९८७ मा आफूहरुले संचालन गरेको रियालिटी शो लाई सम्झिदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरु धेरै भएपनि ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक हुने बताए । यस्तै, उनले उक्त सँस्थाले आफ्नो पहिलो प्रयास सफल परेकाले आगामी दिनहरूमा पनि राम्रो सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए । उनले उक्त अवार्डलाई विश्वको एक नम्बरमा दर्ज गर्ने उद्देश्यका साथ आफूहरू सकारात्मक भएर लागि परेको र त्यसमा सफल भएरै छाड्ने बताए ।

कार्यक्रममा ईभेन्ट पार्टनरको रुपमा रहेको पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद् रमा प्याकुरेल, स्वास्थ्य व्यवसायी गोपाल खड्का, युवा समाजसेवी अनिल नगरकोटी, गिता एभियसनका अच्यूत गुरागाई, ग्लोबल टुरिज्म काउन्सिलका प्रमुख धर्मेन्द्र सापकोटा, प्रोजेक्टाइल क्रियसनका प्रमुख सौरभ मल्ल, आयोजक समिति निकिला मिडियाका निर्देशक निकिला न्यौपाने, टाईम्स स्क्वाएरका प्रबन्ध निर्देशक राजन ढकाल लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।