भूपेन्द्र बुढाथोकीः प्रहरी निरीक्षक देखी सफल गीतकार

...

फागुन, काठमाडौँ । देशको सेवा गर्ने उद्देश्यले नेपाल प्रहरी निरीक्षकको भूमिकामा रहेका भूपेन्द्र बुढाथोकी राम्रो गीतकार पनि हुन् । उनी नेपाली गीतसंगीत, कला, साहित्यमा उत्तिकै रुचि राख्ने गर्छन् । दाङ जिल्लाका भूपेन्द्र उमेरले तीनबर्ष पनि पुगेका छैनन् । तर उनको काम गर्ने शैलीको प्रशंसा भइरहन्छ । नेपाल प्रहरीमा इन्स्पेक्टरको दर्जा पाउँदै गर्दा समय अनुकुल मिलाएर गीत लेखनमा सक्रिए भूपेन्द्रले लेखेका गीत लाखौं पटक हेरिएका छन् । 

उनले लेखेको पहिलो गीत ‘हामी नेपाल प्रहारी’ हो, जुन सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यसपछि उनको दोस्रो गीत ‘फुला भनौ जिन्दगीलाई’ले पनि लोकप्रियता पायो । दोस्रो गीत उनको आफ्नै युट्युव च्यानलमा अपलोड गरिएको थियो जसलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । भुपेन्द्रले लेखेको गीतमा गायिका पुर्णिमा लामाको स्वर रहेको छ । 

प्रहरी निरीक्षकको भूमिकामा भूपेन्द्रको स्पष्ट दृष्टिकोण छ। प्रभावी, मैत्रीपूर्ण र न्यायमा आधारित प्रहरीू स्थापना गर्ने दृढ लक्ष्यका साथ उनी हरेक दिन चुनौतीहरू भए पनि निष्पक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका साथ रहन्छन । उनी कानूनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तमा दृढ विश्वास गर्छन् र आफ्नो सेवाको अन्तिम दिनसम्म प्रहरी सेवाको सारलाई जीवन्त बनाउन प्रतिबद्ध छन् ।

आफ्ना गीतहरू आगामी पुस्ताका लागि पनि रहोस् भन्ने उनी चाहान्छन् । उनले आफूले काम गरेका गीतसंगीत आफ्नो युट्युवमा अपलोड गर्छन् । उनको युट्युवले १ लाख ९ हजार बढी सब्स्क्राइभ पाइसकेको छ ।