अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न

...

फागुन, काठमाडौँ । नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ  । बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्थ्यो भने बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उष खड्गी , बरिष्ठ गायक आनन्द कार्कि लगायतका बिशिष्ठ ब्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो ।

प्रभातफेरीमा बिभिन्न बिधालयका बिधार्थि , समाजसेवी , बिभिन्न सम्प्रदायको प्रतिनिधि, बिबिध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुब्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुब्रत अमृत महोत्सव अणुब्रतका सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए ।

ANUVRAT  (4).jpg

उनले अणुब्रतका आचार संहिताको बारे पनि जानकारी दिएका छन् । अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने , कहि कसैलाइ आक्रमण नगर्ने , मानबिय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाइ कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने , सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम  सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए  ।  

सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला , जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा नेपाल अणुब्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानी लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाइ सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुदाले आफूलाइ भित्री रुपमा छोएको पनि बताएका छन् । प्रभातफेरी काठमाण्डौको जैन भवन बाट सुरु भएर सोभाभगवती , ज्ञानेश्वर , मैतिदेबि ,चारखाल हुदै पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुब्रतको बारे जानकारी दिने उदेश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाइ सबैले प्रशसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिएका छन् ।