टिजरमा हेर्नुहोस् दया र प्रकृतिको ‘बिहे पास’

...

फागुन, काठमाडौं । चलचित्र ‘बिहे पास’ को टिजर सार्वजनीक गरिएको छ । बुधबार सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठलाई श्रीमान–श्रीमतीको रुपमा देखाइएको छ । करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । 
टिजरमा प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझीन्छ । टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो फिल्मप्रति निकै आश राखेको पाइन्छ ।   

प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

आरआर फिल्म प्रोडक्शनको निर्माण र बितरण रहेको चलचित्र पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो । रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप बैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ ।